कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, ३५ हजारले पाए शेयर

२० चैत्र २०८२, शुक्रबार ११:४२

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि चैत १५ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो।

बिक्री अवधिभरमा ८४ हजार ३२६ जनाले ११ लाख ३० हजार ८०० कित्ताका लागि आवेदन दिएकोमा ८४ हजार ३०८ जनाले ११ लाख ३० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको हो।

बाँडफाँडमा भाग्यशाली ३५ हजार आवेदक प्रत्येकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी ४५ हजारभन्दा बढी आवेदकको हार रित्तिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*