हिलोरा हिल्स रिसोर्टले ४० करोडको आईपीओ जारी गर्ने

२० चैत्र २०८२, शुक्रबार १२:४०

काठमाडौँ । हिलोरा हिल्स रिसोर्ट लिमिटेडको आईपीओ निष्कासक गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो ।

शेयर निष्कासनसम्बन्धी सम्झौतामा रिसोर्टका तर्फबाट सञ्चालक दीपविक्रम विष्ट र लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता १९ चैतमा बानेश्वरस्थित लक्ष्मी सन्साइजको कार्यालयमा भएको हो । रिसोर्टले ४० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता सेयर निष्कासन गर्नेछ । भक्तपुरमा रहेको हिलोरा हिल्स रिसोर्टमा सयवटाभन्दा बढी कोठा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*