नवीकरण नगर्दा दुई मनि चेञ्जरको लाइसेन्स खारेज

२० चैत्र २०८२, शुक्रबार १३:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले समयमै इजाजतपत्र (लाइसेन्स) नवीकरण नगर्ने दुई वटा मनि चेञ्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ। तोकिएको समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नभएपछि इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो।

इजाजतपत्र रद्द गरिएका कम्पनीहरूमा अमृत लक्ष्मी मनि चेन्जर प्रा. लि. र सुपर फाइन मनि चेन्जर प्रा. लि. रहेका छन्। दुवै कम्पनी विराटनगर महानगरपालिका–१५, मोरङमा सञ्चालनमा रहेका थिए।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त मनि चेञ्जर संस्थाहरूले आफ्नो अनुमति अवधि सकिएपछि निर्धारित समयभित्र नवीकरण गरिसक्नुपर्ने स्पष्ट व्यवस्था रहेको तर सम्बन्धित कम्पनीहरूले उक्त प्रक्रिया पूरा गर्न नसकेपछि उनीहरूको अनुमति खारेज गरिएको जनाएको छ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र इजाजतपत्र नवीकरण गर्नु पर्ने कानुनी प्रावधान छ। यही प्रावधानअनुसार समयमै नवीकरण नभएका कारण इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*