बजेट लेखन समिति गठन

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को बजेट तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ । समितिले बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता तय गर्नुका साथै अर्थमन्त्रीले संघीय संसद्मा पेश गर्ने बजेट वक्तव्यको मस्यौदा तयार गर्नेछ ।
समितिलाई आगामी आर्थिक वर्षका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव दिने, कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने र संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।
समितिको संयोजकमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री छन् । सदस्यमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा। सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा। धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।











