आवेदन नपरेपछि दुई कम्पनीको आईपीओ निष्काशन अवधि थप

२२ चैत्र २०८२, आईतवार ०९:०३

काठमाडौं । गत चैत ८ गतेदेखि सानिगाड हाइड्रो लिमिटेड र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिरहेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि निष्काशन अवधि भएको छ।

सानिगाड हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँका दरले २८ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्काशन गरेको हो। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्तामा अति प्रभावित क्षेत्र–बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय र ९ लाख ९७ हजार ५०० कित्तामा प्रभावित क्षेत्र–बुंगल नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आज निष्काशन बन्द हुनु पर्नेमा मागभन्दा कम मात्रामा आवेदन परेकोले वैशाख ७ गतेसम्म अवधि थप गरेको छ। यद्यपि त्यस अगावै पर्याप्त आवेदन परेमा जुनसुकै दिन निष्काशन बन्द गरिने पनि कम्पनीले जानकारी दिएको छ।

याम्बालिङ्ग हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्काशन गरेको हो। जसमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। आज निष्काशन बन्द हुनु पर्नेमा मागभन्दा कम मात्रामा आवेदन परेकोले वैशाख ७ गतेसम्म अवधि थपिएको हो। यद्यपि त्यस अगावै पर्याप्त आवेदन परेमा जुनसुकै दिन निष्काशन बन्द गरिने पनि कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*