इरान युद्धमा डोनाल्ड ट्रम्पकै हालत पञ्चर, इरानको चेतावनीले मध्यपूर्व आतंकित

२२ चैत्र २०८२, आईतवार १०:१५

काठमाडौं । हौसिएर इरान युद्धमा होमिएका डोनाल्ड ट्रम्प यतिबेला निकै अप्ठेरो अवस्थाको सामना मात्रै गरिरहेका छैनन्, हालत नै पञ्चर भएको छ । सो तथ्य अमेरिकी सञ्चार माध्यम सिएनएनले समेत स्वीकार गरेको छ ।

सिएनएनले आफ्नो विश्लेषणात्मक समाचारमा आरोन ब्लाके लेख्छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प र हेग्सेथको दावीलाई फाइटर जहाज खसालेको घटनाले पञ्चर पारिदिएको छ ।’ सिएनएनले भनेजस्तै ट्रम्पको दावी मात्रै पञ्चर भएको छैन, उनको हालत समेत पञ्चर भएको छ ।

युद्धकै समयमा अमेरिकी सेनाका प्रमुख फेर्न बाध्य हुनु, यसअघि जासुसी निकायका प्रमुखले राजिनामा दिनु जस्ता घटनाले ट्रम्प आन्तरिक र इरान दुवै स्थानमा निकै अप्ठेरो र जटिल अवस्थाको सामना गरिरहेको देखिन आएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराति ४८ घण्टाभित्र स्टेट अफ हर्जुज खोर शान्ति वार्तामा नआए विध्वंस मच्चाउने चेतावनी दिएका छन् ।

तर, इरानी सेनाले भने ट्रम्पले भन्दा पनि खतरनाक कुटनीतिक भाषामा आश्चर्यजनक उपहार दिने भन्दै नयाँ चेतावनी दिएको छ । इरानले जारी युद्धमा अर्थपूर्ण र रणनीतिक सन्देश दिने गर्दछ । सुरुमा अमेरिकाले सुरु गरेको युद्ध अन्त्य कहिले र कसरी गर्ने भन्ने निर्णय हामी गर्छौ भनेर इरानले बोलेको थियो । अहिले अमेरिकाले शान्ति वार्तामार्फत युद्ध अन्त्य गर्न पटक पटक प्रयास गरेपनि असफल भइरहेको छ ।

उता, गत शुक्रबार राति इरानमा चार वटा फाइटर विमानहरु दुई वटा फाइटर जहाज र दुई वटा फाइटर हेलिकोप्टर गुमाउन पुगेको छ । दुई वटा फाइटर जहाज इरानमै खसेको छ भने दुई वटा हेलिकोप्टरमा गम्भिर क्षति मात्रै पुगेको छैन, पाइटल नै गम्भिर घाइते अवस्थामा क्षतिग्रस्त हेलिकोप्टरलाई खस्न नदिई सुरक्षा क्याम्पमा फर्काउन सफल भएका थिए । गत शुक्रबारको घटनामा इरान युद्धमा अमेरिकाले नसोचेको घटना हुन आएको छ । विगत एक सातादेखि आक्रोसित अमेरिकीहरुले ‘नो किङ’ भन्दै ९० लाख भन्दा बढि अमेरिकीहरु एकै दिन सडकमा आएका थिए ।

एकातिर आफ्नै देशभित्र युद्धको औचित्य, नतिजा र योजना खोजेर अप्ठेरो पार्नु र अर्कोतिर इरानमा भयानक बिनास भोग्दै जानुले अमेरिकाले यस युद्धमा इतिहासकै जटिल परिस्थितिको सामना गरिरहेको छ । इरान युद्धमा गएका विश्वकै सबैभन्दा ठूलो युद्धपोतमा गम्भिर क्षति पुगेर युद्धस्थलबाट फर्काउन बाध्य हुनु, सयौं अमेरिकी सैनिक घाइते हुनु र एक जना अमेरिकी सेनाका भेटेरान पाइलटलाई इरानबाट उद्धार गर्न ल्याउन नसक्नु जस्ता घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालत पञ्चर हुन पुगेको छ ।

यस्तो जटिल परिस्थितिमा युद्ध अझै भयानक घनिभूत बन्दै जाँदा मध्यपूर्वमा रहेका लाखौं नेपालको सुरक्षाबारे तत्काल सरकारले कदम चाल्नु पर्ने देखिन आएको छ । इरानले आफूमाथि हुने जुनसुकै आक्रमणको बदला मध्यपूर्वका दुबई, कतार, साउदीमाथि प्रहार गरेर बदला लिने घोषणा गरेकाले त्यहाँ रहेका १९ लाख नेपालीहरुको सुरक्षा र उद्धारमा तत्काल कदम चाल्न ढिलाई गर्नुहुँदैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*