हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालले पक्राउ पर्नुअघि नै दिएको राजीनामा स्वीकृत

२२ चैत्र २०८२, आईतवार १०:२३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुलभ अग्रवालले पक्राउ पर्नु अगावै दिएको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा रहेका शुलभ अग्रवालले आफू पक्राउ पर्ने अवस्था देखेपछि चैत १९ गते राजीनामा बुझाएका थिए। उनले बुझाएको राजीनामा चैत २० गते शुक्रबार दिउँसो २ बजे बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो।

उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट नेपाल प्रहरीको टोलीले पक्राउ गरिसकेको छ।

1775285050688

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*