सुनको मूल्य आज पनि स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
२२ चैत्र २०८२, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार समेत सुनको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी तोलामा चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।











