बजार राताम्य हुँदा समेत यी ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

२२ चैत्र २०८२, आईतवार १५:१५

काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अकंले घटेर २६७६.६८ बिन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज रिलायन्स मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*