हुथीसँग क्लस्टर बम !, शान्ति सेनाको आक्रमणमा काठमाडौंको मौनता रहस्यमय !

काठमाडौं । यमनको विद्रोही समुहले इजरायलमाथि क्लस्टर बम हानेको पुष्टि भएको छ । यसँगै मध्यपूर्वको युद्ध कैयौं गुणा भयानक मोडमा उभिन पुगेको छ । उक्त युद्धमा लाखौं नेपालीहरु असुरक्षित हुन पुगेका छन् ।
उता, लेबनानको शान्ति मिसनमा खटिएका संयुक्त राष्ट्र संघीय शान्ति सैनिकबारे नेपालले एक शब्द पनि बोलेको छैन । नयाँ सरकार गठन भएपछि परराष्ट्र मन्त्री बनेका छन् शिशिर खनाल । उनलाई परराष्ट्र सम्बन्ध र कुटनीतिक ज्ञान तथा संयुक्त राष्ट्र संघीय मिशनबारे पर्याप्त जानकारी नभएर मौन रहेको हुन वा अन्य कुनै विदेशी शक्तिले चुप लाग्न भनेको छ भन्ने तथ्य बाहिर आएको छैन ।
यतिबेला नेपाल मध्यपूर्वमा जारी युद्धमा दुई वटा कुरामा प्रत्यक्ष सरोकार राख्दछ । पहिलो संयुक्त राष्ट्र संघीय अन्तरिम सुरक्षा बलको रुपमा नेपाली सेना लेबनानमा तैनाथ हुनु र अर्को मध्यपूर्वमा रहेको १९ लाख नेपालीको सुरक्षा चासोको बिषय हो । युनिफिलको क्याम्पमा लगातार भइरहेको आक्रमण र त्यस आक्रमणमा परेर इन्डोनेसियाली सैनिकको मृत्युमा नेपालले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन । जबकी नेपाली सेना पनि सोही मिशनमा लेबनानमै तैथान छ ।
इरानलाई अमेरिकाले ४८ घण्टाभित्र आत्मसमर्पण नगरे महा विनास निम्त्याउने चेतावनी दिएको छ । अनैतिक र जथाभावी विनास गरेर युद्ध गरेको अमेरिकी आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा नसोचेको बिनास निम्तिन सक्ने भन्दै तयार रहन चेतवानी दिएको छ ।
अमेरिकाले मध्यपूर्वका देशहरुमा सैन्य शिविर राखेर इरानमाथि सैनिक आक्रमण भइरहँदा मध्यपूर्वमा रहेका १९ लाख नेपालीको ज्यान जोखिममा परेको हो । नेपालीहरुको बाक्लो उपस्थित भएको स्थान दुबई, कतार, साउदी अरेबिया, बहराईन र कुवेत जस्ता देशहरु अबको दिनमा भिषण युद्धको चपेटामा पर्ने निश्चित देखिएको छ । आजै मात्रै इरानले कुवेतका उर्जा मन्त्रालयमै इरानले ड्रोन हमला गरेपछि परिस्थिति निकै भयावह बन्न पुगेको छ ।
दुबई र ओमानबाट नजिकै रहेको यमनबाट पहिलो पटक क्लस्टर बमसहितको ब्लालेष्टिक मिलाइस प्रहार गरेको छ । यसको अर्थ हुथीसँग पनि क्लस्टर बम सहितको मिसाइल प्रविधि रहेको तथ्य पुष्टि हुन आएको छ । अमेरिकाले इरानलाई धेरै उत्तेजित बनएको अवस्थामा हुथी र इरानले हानेका क्लस्टर बमले मध्यपूर्वका दुबई, कतार, बहराईन, कुवेत जस्ता देशहरुका धेरै संरचनाहरु खरानी हुनेछन् । इरान र इजरायलसँग लुक्ने अण्डरग्राउण्ड सुरुङ भएपनि मध्यपूर्वका देशहरुले त्यस्ता संरचनाहरु नबनाएका कारण त्यहाँ युद्ध भएको अवस्थामा धेरै नै मानवीय क्षति हुने र त्यस्तो अवस्थामा धेरै नेपालीहरुको ज्यान जाने जोखिम बढेर गएको छ ।
मध्यूर्वमा जारी युद्धमा संयुक्त राष्ट्र संघीय शान्ति मिशन अन्तर्गतको सैन्य शिविरहरुमा आक्रमण हुँदा पनि वर्तमान सरकार मौन रहँदै आएको । परराष्ट्र मन्त्री शिशिर खनालले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।











