नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ
२२ चैत्र २०८२, आईतवार १६:२३

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवास मा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो।
अर्याल आइतबार नै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।











