राष्ट्र बैंकको नयाँ निर्देशन, तीन करोड सम्मको कृषि, आईटी र उद्योगमा सजिलै ऋण

२३ चैत्र २०८२, सोमबार ०६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि, आईटी र उत्पादनमूलक उद्योगमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा थप गर्दै तीन करोड रुपैयाँसम्मको साना तथा मझौला उद्योग अन्तर्गतका कृषि, आईटी, उत्पादनमूलक उद्योगका लागि परियोजना धितोमा समेत ऋण दिन सक्ने व्यवस्था गरेको छ । यद्यपि यसको विस्तृत विवरण भने बैंकहरुले नै तयार गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा ऋण प्रवाह गर्दा जोखिमभार जम्मा ६० प्रतिशत मात्रै कायम गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाह गर्न सजिलो बनाउन ल्याइएको नयाँ व्यवस्थाले कृषि, आईटी तथा उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरुलाई ऋण प्रवाहमा सजिलो हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*