एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

२३ चैत्र २०८२, सोमबार ०७:१३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस ३० गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न मिल्ने व्यवस्था समेत भइसकेको छ।

गत पुस २१ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको र त्यस मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने बोनस शेयर क्रमशः खातामा जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले स्पष्ट पारेको छ।

यसैबीच हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई कम्पनीले यथाशीघ्र आफ्नो शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले अभौतिकीकरण गरेपछि बोनस शेयर पनि सिधै हितग्राही खातामै प्राप्त गर्न सकिने जनाएको छ।

त्यसैगरी पुस २१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाएर हितग्राही खातामा जम्मा गरिएको जानकारी दिएको छ। सम्बन्धित शेयरधनीले आफ्नो कर्जा चुक्ता गरिसकेको खण्डमा सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयरसमेत फुकुवा गराउनुपर्ने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*