शेयर बजारमा सबैभन्दा उदार पार्टी हामी, तर अहिले अफवाह फैलाइँदैछ: अर्थमन्त्री वाग्ले

२३ चैत्र २०८२, सोमबार ११:५५

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले शेयर बजार सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार स्टक ब्रोकर एशोसिएसनको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’

अहिले सरकार नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गरी रहेको उनले बताए । ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ । त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो । हामी गर्छौँ’  वाग्लेले भने, ‘केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् ।  अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन ।’

बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउने उनको तर्क छ । ‘सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन ।हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ’ उनले भने ।

नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदै गरेको वाग्लेले बताए । उनले भने, ‘हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*