नेशनल लाइफ इन्स्योरेन्स विराटनगर शाखाका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखामा आर्थिक वर्ष २०८१र०८२ का उत्कृष्ट अभिकर्ताहरू सम्मानित भएका छन्। मेहनत र योगदानका आधारमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका अभिकर्ताहरूलाई विराटनगर शाखामा आयोजित वार्षिक कार्यक्रममा सम्मान गरिएको हो।
विराटनगर अवस्थित नमस्कार होटेलमा शनिवार आयोजित कार्यक्रममा व्यक्तिगत व्यापार तर्फ प्रथम भएका कृष्ण प्रसाद भट्टराई, दोस्रो अस्मिता कुमारी चौधरी र तेस्रो धिरेन्द्र कुमार माझी सम्मानित भएका हुन।
सञ्जाल तर्फ प्रथम हुन सफल चन्दा कुमारी रबिदास, दोस्रो सगमलाल चौधरी र सपना कुमारी रबिदास सम्मानित भए । सम्मानित अभिकर्ताहरूलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलबाट प्रमाण पत्र तथा ट्रफी सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कोसी प्रदेशमै एकै दिनमा एक करोड बीमाशुल्क सङ्कलन गर्ने अभिकर्ता लता लाभलाई समेत विशेष सम्मान गरिएको थियो ।
विराटनगर शाखा स्थापना कालदेखि लगातार ३ दशक देखि (३२ वर्ष) काम गर्दै आएका राम बहादुर लकाइ खड्का तथा लगातार २५ वर्ष काम गर्ने राजेश सरदार थारुलाई विशेष सम्मान गर्दै दोसल्ला ओढाएर समेत सम्मान गरिएको हो । हरेक महिना सर्वोत्कृष्ट व्यापार गर्ने १२ जना अभिकर्ताहरूलाई टप अफ द मन्थबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा अभिकर्ता संघ विराटनगरका अध्यक्षले सगम लाल चौधरीले कम्पनीको व्यवसाय वृद्धिमा अभिकर्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतले आफ्नो अनुभव साटेर सम्पूर्णलाई तालिम समेत दिनु भयेको र बिमा व्यवसायमा सफल कसरी हुने समेत उत्प्रेरणा दिएका थिए ।

आर्थिक वर्ष २०८१।८२ मा हासिल गरेको उपलब्धिहरूलाई सम्मान गर्दै तथा धन्यवाद दिँदै कार्यक्रम सभापति अमित कुमार कर्णले समापन गरेका थिए ।











