सार्वजनिक खरिदमा ढिलाइ गर्ने आठ कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले चैत २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
काठमाडौँको सिल्क मार्केट प्रालि र बागमती नगरपालिका, सर्लाहीको सिफारिसमा काठमाडौँको धुलिखेल निर्माण सेवा प्रालि तीन वर्षका लागि कालोसूचीमा परेका छन्। महोत्तरीको ब्रदर्स कन्स्ट्रक्सनलाई सडक डिभिजन, जनकपुरको सिफारिसमा एक वर्ष छ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।
अन्तरगत अन्य पाँच कम्पनीहरू एक वर्षका लागि कालोसूचीमा परेका छन्। यसमा रोल्पाको लोक निर्माण सेवा तथा सप्लायर्स, गोरखाको देबु निर्माण सेवा, चितवनको अभान कन्स्ट्रक्सन, काठमाडौँको सूर्य दीप छापाखाना र रुपन्देहीको हिमशिखा कन्स्ट्रक्सन प्रालि रहेका छन्।












