नेप्सेमा उछाल आँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
२३ चैत्र २०८२, सोमबार १५:०४

काठमाडौं । निरन्तर शेयर बजार ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ।
शेयर बजारमा लाखौं लगानीकर्ताको जोखिम सरकारले नबुझेको भन्दै हिजो लगानीकर्ताहरुले सिंहदरबारदेखि रास्वपाको केन्द्रिय कार्यालयमा विरोध जनाएका थिए ।
सो बिषयमा आज बिहान अर्थमन्त्री स्वर्णिम वाग्लेले स्टक ब्रोकर एसोशियसनसँग छलफल गरेर सकारात्मक प्रतिकृया दिएसँगै शेयर बजारमा उछाल आएको छ।
आज रिलायन्स स्पीङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, एनआरएन इन्फ्रास्टक्चर, अपी पावर, रिदि,नाग्दी गुप्र, एसवाई प्यानल, नेशनल हाईड्रोपावर, आँखु खोला र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।












