हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल

२३ चैत्र २०८२, सोमबार १५:१७

काठमाडौँ । आइतबार १०५ अकंले घटेको शेयर बजारमा आज भने रौनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम समेत बढेको छ । ३४५ कम्पनीको २ करोड ५१ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोडको कारोबार भएको हो ।

सोमबार २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्रै घटेको छ । आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त, भुजुङ हाइड्रो, रिडि पावर, नेशनल हाइड्रो, सुपर खुदी, रिज लाइन, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्टको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*