ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२४ चैत्र २०८२, मंगलवार १०:१३

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। ऋणपत्रको बोलकबोल चैत २५ गते हुने तय गरिएको छ भने चैत २६ गतेदेखि निष्कासन गरिने जनाइएको छ।

कार्यालयका अनुसार इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै सर्वसाधारण नेपाली नागरिकले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सरकारले आन्तरिक ऋण परिचालनमार्फत स्रोत व्यवस्थापन गर्ने उद्देश्यले समय–समयमा यस्ता विकास ऋणपत्र जारी गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*