विद्युत प्राधिकरण कार्यालयका प्रमुख घुस सहित रंगेहात पक्राउ
२४ चैत्र २०८२, मंगलवार १०:३४

काठमाडौं । सप्तरी जिल्लास्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्।
दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनीमाथि निगरानी गरेको थियो।
निगरानीकै क्रममा सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिएपछि अख्तियारले दासलाई उक्त घुस रकम सहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बाट सोमबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।











