मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो, के हुनेछन् निर्णय ?
२४ चैत्र २०८२, मंगलवार ११:११

काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
एक मन्त्रीका अनुसार बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी तय गरिएको छ।
बैठकमा आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन।











