ब्रोकर नम्बर ५५ निलम्बन
२४ चैत्र २०८२, मंगलवार १२:४८

काठमाडौं । ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ ।
सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायीलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
कम्पनी निलम्बनसँगै बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण पनि सोधेको स्रोतले जनाएको छ ।











