राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

२४ चैत्र २०८२, मंगलवार १३:३८

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये पण्डित मात्रै नियुक्त गरेको छ ।

पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन् । उनी राष्ट्र बैंकको प्रवक्तासमेत बनेका थिए । २०६२ मा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डितले कुनै पनि पदमा राजनीतिक दलमा आवद्ध नरहेको देखिएपछि सरकारले उनलाई नै नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*