नेशनल लघुवित्तका अध्यक्ष आचार्यको निधनपछि नयाँ नेतृत्व चयन
२४ चैत्र २०८२, मंगलवार १५:४९

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गरिएको छ।
नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (संशोधन सहित), एकीकृत निर्देशन, २०८१ तथा संस्थाको नियमावलीमा भएको व्यवस्था अनुसार रिक्त अध्यक्ष पदमा विद्यमान सञ्चालकहरूमध्येबाट एक जनालाई चयन गर्नुपर्ने प्रावधानअनुसार नयाँ अध्यक्ष नियुक्त गरिएको हो।
चैत २४ गते बसेको सञ्चालक समितिको २०१औँ बैठकले सञ्चालक रबिन सिजापतीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।











