काभ्रेको रोशी क्षेत्रका क्रसर तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

२४ चैत्र २०८२, मंगलवार १८:४०

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका हुन्। प्राकृतिक विपद् निम्त्याउने गतिविधि रोक्न सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री गुरुङले विगतमा विभिन्न राजनीतिक दलहरूको मिलेमतोमा ठेक्कापट्टा प्रणालीमार्फत अवैध रूपमा क्रसर सञ्चालन गर्न दिइएको आरोपसमेत लगाए। यस्तो अभ्यास अब सह्य नहुने भन्दै उनले अवैध गतिविधि नियन्त्रण गर्न आफू दृढ रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*