हचुवाकै भरमा दुई दिन विदा दिने सरकारको निर्णय, अर्थतन्त्र चौपट र सेवाग्राही मारमा

२४ चैत्र २०८२, मंगलवार १८:४७

काठमाडौं । निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेपछि बनेको नयाँ सरकारले कैयौं निर्णयहरु हचुवाको भरमा गर्ने र पछि सच्याउँदैमा हैरान हुने अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो पटक शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयले सिंगो देश नै थप बर्वादीतर्फ धकेल्ने भएको छ ।

यसअघि दुई दिन सार्वजनिक विदा दिने निर्णय असफल भइसकेको छ । २०५६ सालमा काठमाडौं उपत्यकामा मात्रै शनिबार र आईतबार विदा दिने निर्णय दुई बर्षपछि हटाइएको थियो । त्यस्तै, २०७९ सालमा पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय एक महिनाभित्रैमा हटाइएको थियो ।

दुई दिन सार्वजनिक विदा दिने निर्णयले जनताले सास्ती पाउने बाहेक अन्य कुनै उपलब्धी नहुने आम सर्वसाधारणको बुझाई छ ।

कूल ग्राहस्थ उत्पादनमा असर

दुई दिन सार्वजनिक विदा हुने वित्तिकै कूल ग्राहस्थ उत्पादनमै असर गर्नेछ । दुई दिने विदाले देशका उद्योग कलकारखानाहरु बन्द हुन पुग्ने र यसले सेवा क्षेत्र र उत्पादन क्षेत्र दुवैमा कूल ग्राहस्थ उत्पादन प्रभावित हुनेछ । नेपालको सेवा क्षेत्रले समेत जिडिपीमा उल्लेख्य योगदान गरेको छ । दुई दिने विदाले सेवा क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्नेछ ।

कूल राजश्वमा असर

दुई दिनको सार्वजनिक विदा हुने वित्तिकै नेपालको कूल उपभोग घट्नेछ र आयातमुखी अर्थतन्त्र भएको देशमा उपभोग घट्ने वित्तिकै राजश्व संकलनमा प्रभावित हुनेछ । एकातिर व्यवसाय र कारोबार घटेर राजश्व प्रभावित हुनेछ भने अर्कोतर्फ बिक्री तथा उपभोग घटेर राजश्व प्रभावित हु्नेछ । यद्यपि मदिरा तथा पर्यटन क्षेत्रमा सामान्य बृद्धि देखिन सक्नेछ । जुन सरकारको चुनौतिपूर्ण राजश्व संकलनलाई संकटतर्फ धकेल्नबाट पर्यटन क्षेत्रको राजश्वले योगदान गर्न सक्ने छैन ।

सर्वसाधारण मारमा

दुई दिने बिदाका कारण विकट क्षेत्रका सर्वसाधारण निकै ठूलो मारमा पर्ने गर्दछन् । हिडेर सदरमुकाम पुग्नुपर्ने क्षेत्रका जनताले शुक्रबार काम नभ्याइएको अवस्थामा सोमबारसम्म कुर्नुपर्नेछ । जुन निकै महंगो र कष्टकर हुनेछ । सरकारले कर्मचारीहरुको सुविधा र खर्च कम गर्ने उद्देश्यले दुई दिन बिदा दिने निर्णय गरेको भएपनि आम सर्वसाधारणले भने यस्तो विदाबाट निकै ठूलो मार भोग्नेछन् ।

आर्थिक गतिविधि सुस्तता

दुई दिन सार्वजनिक विदासँगै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत बन्द गर्न केन्द्रीय बैंकले निर्देशन दिइसकेको छ । सो आधारमा आगामी सातादेखि आइतबार समेत बैंक तथा वित्तीय संस्थाहरु सबै बन्द नै हुनेछन् । बैंक बन्द हुँदा चेक क्लीयरेन्स, निक्षेप तथा ऋण प्रवाह सम्बन्धी काम पनि ठप्प हुनेछन् । त्यस्तै, एलसी खोल्ने कार्य समेत बन्द हुने हुँदा बैंक तथा वित्तीय संस्था ठप्प हुँदा आर्थिक गतिविधिमा समेत सुस्तता आउनेछ ।

अतः माथि उल्लेखित तथ्य र कारणहरुबाट सरकारले गरेको दुई विदा विदा दिने निर्णय पर्याप्त अध्ययन र प्रभाव मूल्याङ्कन समेत नगरी निर्णय गरेको देखिन आएको छ । सरकार भर्खरै बनेको र कुनै एउटा व्यक्तिको सनकको भरमा गरिएको निर्णयले पार्ने दुरगामी प्रभाव मूल्याङ्कन समेत गर्न नखोजिएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*