कालिञ्चोक हाइड्रोपावरको सर्वसाधारणलाई खुलाइएको आईपीओ आज बन्द हुँदै

२५ चैत्र २०८२, बुधबार ०६:५९

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले अब बाँकी आईपीओमध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिन्छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*