सानिगाड हाइड्रोको आईपीओमा मागभन्दा बढी आवेदन, आजै बन्द गरिने

२५ चैत्र २०८२, बुधबार ०८:२०

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेले चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिरहेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजै चैत २५ गते बैंकिङ्ग समयपछि निष्काशन बन्द गरिने भएको छ।

यसअघि चैत २२ गते निष्काशन बन्द हुनु पर्नेमा मागभन्दा कम आवेदन परेपछि वैशाख ७ गतेसम्म निष्काशन अवधि थपिएको थियो। तर यसैबीच मागभन्दा बढी मात्रामा आवेदन परेको आजै निष्काशन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा प्रथम चरणमा आयोजना प्रभावितलाई २८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता आयोजना अति प्रभावित क्षेत्र र ९ लाख ९७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*