सुनको मूल्यमा उच्च वृद्धि, बुधबार प्रतितोला कति ?
२५ चैत्र २०८२, बुधबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५ रुपैयाँमा किनबेच भइरहेको हो ।











