एसवाई प्यानल र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता

२५ चैत्र २०८२, बुधबार १५:०५

काठमाडौं । बुधबार नेप्से ४५.१२ अंकले वृद्धि भएर २८०२ को विन्दुमा कायम हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये एसवाई प्यानलको ४६ करोड ८१ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यसैगरी शिवम् सिमेन्टको ३७ करोड २० लाख रुपैयाँ, एनआरएन इन्पm्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३० करोड ७० लाख रुपैयाँ, नेशनल हाइड्रो पावर कम्पनीको ३० करोड २५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २५ करोड ५ लाख रुपैयाँ, रिडी पावरको २३ करोड ९१ लाख रुपैयाँ, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको २० करोड २ लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको १८ करोड २९ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १६ करोड ५९ लाख रुपैयाँको शेयर किनेबच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*