हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२५ चैत्र २०८२, बुधबार १५:१६

काठमाडौँ । शेयर बजारमा आज हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अकंले बढेर २८०२.५२ बिन्दुमा कायम भएको हो ।

कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स मिल्स, श्रीनगर, सोलु हाइड्रोपावर, होटल फरेस्ट, सुपर खुदी, रिज लाइन र सूर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*