कहाँ जान कति लाग्छ गाडी भाडा ? (देशभरको विवरणसहित)

काठमाडौं । सरकारले सार्वजनिक तथा ढुवानी सवारी साधनको भाडा वृद्धि गरेको छ । बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ भने पहाडी क्षेत्रमा सञ्चालन हुने ढुवानी सवारी साधनमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने ढुवानी सवारी साधनमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा भएको परिवर्तनसहित १३ वटा सूचकको विश्लेषणका आधारमा भाडा समायोजन गरिएको जनाएको छ । विभागका अनुसार डिजेल र पेट्रोलको मूल्य वृद्धि, सवारी साधनको मर्मत खर्च, चालक तथा सहचालकको पारिश्रमिक, बीमा, कर तथा अन्य सञ्चालन लागत बढ्दै जाँदा भाडा समायोजन आवश्यक भएको हो ।
नयाँ दरअनुसार काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको खर्च उल्लेख्य रूपमा बढेको छ ।
कुन जिल्ला जान कति ?
२०८१-०९-२५-अन्तर-प्रदेश-भाडादर_a2rckry










