पक्राउ परेको १३ दिनमा एमाले अध्यक्ष ओली रिहा

२६ चैत्र २०८२, बिहीबार ११:२९

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पतालमै रिहा गरेको छ। जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अहिले परिवारको जिम्मामा लगाइएको हो ।

ओलीलाई चैत १४ गते जेनजी आन्दोलन सम्बन्धी घटनामा दमन गरेको आरोपमा गुण्डु निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछिका दिनहरूमा उनको स्वास्थ्य जटिल भएपछि अस्पतालमा राखिएको थियो।

यसैबीच, उनकी पत्नी राधिका शाक्यले पूर्वप्रधानमन्त्री गैरकानूनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सर्वोच्च अदालतले चैत २३ गते बेलुका अनुसन्धान चैत २६ गतेसम्म टुंग्याउन आदेश दिएको थियो।

छलफल र अनुसन्धान समयसीमा नपुग्दा अदालतले हाजिर जमानी उनलाई रिहा गर्न अनुमति दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*