बालेन्द्र शाहद्वारा आफ्नै मन्त्रीलाई बर्खास्त

२६ चैत्र २०८२, बिहीबार १५:५२

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको छ । सरकारभित्रै अनुशासन र नैतिकतामाथि प्रश्न उठिरहेका बेला यस्तो निर्णय आएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह लाई पदमुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।

साहमाथि विभिन्न गम्भीर आरोपहरू लागेका थिए । काठमाडौंको पुतलीसडकस्थित कन्सल्टेन्सीमार्फत युवाहरूलाई अवैध रूपमा विदेश पठाउने, एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गर्ने तथा मन्त्री पदको प्रभाव प्रयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा निरन्तरता दिलाएको आरोप उनीमाथि लागेको थियो ।

यी गतिविधिले सरकार र पार्टीको छवि, आदर्श तथा सिद्धान्तमा नकारात्मक असर पार्ने निष्कर्षसहित कारबाहीको सिफारिस गरिएको जनाइएको छ । त्यसपछि प्रधानमन्त्री शाहले उनलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।

यसबीच मन्त्री नियुक्तिका क्रममा आर्थिक चलखेल भएको चर्चा समेत सार्वजनिक रूपमा उठ्न थालेको छ । साह महोत्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*