पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ सूचीकृत
२६ चैत्र २०८२, बिहीबार १६:५७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता शेयर गरी कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।











