रुरु जलविद्युतको बोनस शेयर सूचीकृत
२६ चैत्र २०८२, बिहीबार १७:३८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रुरु जलविद्युत परियोजनाको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको कुल ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस सूचीकृत भएको हो ।
उक्त बोनस शेयर आगामी कारोबारबाट दोस्रो बजारमा आउनेछ।











