श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हाल्ने

२६ चैत्र २०८२, बिहीबार १८:०६

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गरेका छन्।

राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीले श्रम मन्त्रालयको कामकाज आफैं सञ्चालन गर्नेछन्। बाँकी मन्त्रीहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।

गत १३ गते गठन भएको मन्त्रिपरिषद् अहिले श्रम मन्त्री पद खाली भएपछि १४ सदस्यीय भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*