पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि

२७ चैत्र २०८२, शुक्रबार ०७:०७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निमगलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले बताएको छ।

नेपाल आयल निमगले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य १०० रुपैयाँले वृद्धि गरिएको छ। मूल्य वृद्धि गर्दा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ अझै घाटा हुने निगमले बताएको छ।

मूल्य वृद्धि भएसँगै पेट्रोलको भाउ पहिलो वर्गमा २१६.५० रुपैयाँ दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेलको भाउ पहिलो वर्गमा २०४.५० रुपैयाँ, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

खाना पकाउने ग्यास १४.२ केजीको मूल्य २०१० रुपैयाँ र ७.१ केजीको मूल्य १००५ रुपैयाँ पुगेको छ। आन्तरिकतर्फ हवाई इन्धन पनि ६ रुपैयाँले वृद्धि भई २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*