कपिलवस्तुमा यात्रुबस पल्टिंदा २६ जना घाइते
२७ चैत्र २०८२, शुक्रबार ०७:४६

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसवासामा यात्रुबाहक बस पल्टिंदा २६ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस गएराति साढे १२ बजे दुर्घटनामा परेको हो।
चालक सहित कुल ३७ जना सवार रहेको भे १ ख ४३७६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक छेउमा पल्टिन पुगेको हो। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको छ भने १२ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।











