आयल निगमद्वारा गैरकानुनी रुपमा मूल्यबृद्धि, १५ दिनमा हुनुपर्ने समायोजन ७ दिनमै

२७ चैत्र २०८२, शुक्रबार ०८:२६

काठमाडौं । हरेक १५ दिनमा स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेकिने गरी गैरकानुनी रुपमा मूल्य बृद्धि गरेको छ ।

निगमले हरेक अंग्रेजी महिनाको १५ र १ तारिकका दिन भारतीय आयल कर्पोरेशनबाट प्राप्त इन्धनको मूल्यसूची अनुसार नेपाली बजारमा इन्धनको मूल्य समायोजन गर्ने परम्परा र नियमलाई तोड्दै गैरकानुनी रुपमा मूल्यबृद्धि गरेको हो ।

घुस, भ्रष्टाचारको दलदलमा फसेको आयल निगमले सरकारकै स्वीकृतिमा इन्धनको मूल्यबृद्धि गरेको हो । निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टसँग प्रत्येक महिनाको १५ र १ तारिकमा मात्रै समायोजन हुनुपर्ने इन्धनको मूल्य किन हप्तैपिच्छे बढाएको भनेर जिज्ञाशा राख्दा कुनै जवाफ दिन मानेनन् ।

युद्धको कारण इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उच्च दरमा बढेको छ । तर नेपालमा भने आईओसीले प्रत्येक सातामा मूल्य बृद्धि गर्दैन । प्रत्येक १५ दिनदमा एक पटक मूल्य निर्धारण गरेर पठाएपछि सोही बमोजिमको मूल्य कायम हुन्छ । गत अप्रिल १ तारिखमा पठाएको इन्धनकै मूल्य अहिलेसम्म कायम थियो।

निमगले गत चैत ११ गते (मार्च २५ तारिक) मा पनि पेट्रोल, डिजेल/मट्टितेलको भाउ बढाएको थियो। चैत १ गते (मार्च १५ तारिकको दिन) पेट्रोल र डिजेलको भाउ वृद्धि गरेको थियो। त्यसैगरी फागुन ३ गते राति १२ (फेब्रुअरी १५ तारिक) देखि लागू हुने गरी भाउ बढेको थियो।

तर हिजो राति एकाएक निगमले मूल्य बृद्धि गरेर नेपाली उपभोक्तामाथि अपराध गर्ने कार्यमा उद्यत हुन पुगेको छ । सरकारले तत्कालको लागि भन्सारमा समेत सहुलियत दिएको भएपनि निगमले इन्धनको मूल्यमा भारी बृद्धि गर्नुले त्यहाँभित्रको चरम भ्रष्टाचार र स्वच्छाचारी अझै नरोकिएको पुष्टि भएको छ ।

निगमका प्रबन्ध निर्देशकमा विगतमा आरजु राणालाई बेस्सरी खुशी बनाएर नियुक्त भएका चण्डिका प्रसाद भट्ट छन् । कांग्रेसीको डिजाईनमा बालेन सरकारलाई असफल पार्न भट्टले यस्तो गद्दारी गरेका हुन् वा प्रधानमन्त्री बालेन आफू पनि निगमले गरेको गैरकानुनी र उपभोक्ता अपराधको घटनाबारे थाहा पाएरै पनि मौन छन् ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*