चैत मसान्तको बीमालेख जीवन बीमा कम्पनीहरुले आजसम्म मात्रै जारी गर्न पाउने, दुई दिन रोक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत २७ गते(आज)सम्म मात्र बीमालेख जारी गर्न पाउने भएका छन् । सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै चैत ३० गते कुनै पनि बीमालेख जारी गर्न नपाउने भएका हुन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकार गर्न नपाउने व्यवस्था गरेको छ। सरकारले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेसागै बीमा कम्पनीहरुले आजसम्म मात्रै बीमालेख बिक्रि गर्न पाउने छन् ।
जीवन बीमा कम्पनीहरुले २९ र ३० गते भने कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन् ।
नियामकीय एकीकृत सूचना प्रणाली (इन्स्योरेन्स रेगुलेटरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम, आईआरएमआईएस)ले बीमकबाट वास्तविक समयको कारोबार तथ्यांक संकलन गर्ने र पुरानो मितिमा हुने बीमा कारोबारमाथि निगरानी राख्ने गरेको छ ।
वास्तविक समयको कारोबार विवरण संकलन गर्न अयोग्य रहेका कारण प्राधिकरण बीमकले उपलब्ध गराउने बासी तथ्यांकमै पूर्ण निर्भर छ। यही कारणले प्राधिकरणले प्रत्येक त्रैमासमा दुईदेखि तीन दिनका दरले ४ वटा त्रैमासमा झन्डै ८ दिन बीमालेख बिक्री ठप्प पारिदिएको छ।











