फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा, शेयर संरचना परिवर्तन गरिने

२७ चैत्र २०८२, शुक्रबार १०:०३

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आगामी वैशाख २१ गते बोलाएको छ। सञ्चालक समितिको चैत २६ गते बसेको बैठकले बिहान ११ बजे सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा सभा बस्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन गर्ने एजेण्डा रहेको छ।

त्यसैगरी पूँजी वृद्धि योजनाका साथै हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापकतर्फबाट १० प्रतिशत घटाएर नयाँ संरचना ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण कायम गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावली संशोधन, नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई दिने तथा अन्य “घ” वर्गका वित्तीय संस्थासँग गाभ्ने/प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउने विषय पनि सभामा निर्णयका लागि राखिएको छ।

सभामा सहभागी हुनका लागि वैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई नियमानुसार शेयर नामसारी भइसकेका शेयरधनीहरू योग्य हुनेछन्। यसका लागि वैशाख ७ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*