राष्ट्र बैंकमा दुई निर्देशकको बढुवा, न्यौपाने र सापकोटा बने कार्यकारी निर्देशक

२७ चैत्र २०८२, शुक्रबार १०:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरेको छ।

राष्ट्र बैंकले बैंकिङ विभागका हिमप्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागका मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।

नियुक्त भएका सापकोटा २०५३ सालमा तथा न्यौपाने २०५९ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका कर्मचारी हुन्। सापकोटा हाल आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् भने न्यौपाने बैंकिङ विभागमा कार्यरत छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*