शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
२७ चैत्र २०८२, शुक्रबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।











