आज राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्ने
२७ चैत्र २०८२, शुक्रबार ११:३२

काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।











