बजारमा गिरावट आउँदा समेत यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२७ चैत्र २०८२, शुक्रबार १५:१३

काठमाडौँ । शेयर बजार आज घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अकंले घटेर २८३७.७७ बिन्दुमा कायम भएको हो ।
आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी, होटल फरेस्ट, पाल्पा सिमेन्ट, रिज लाइन, सूर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयरमा सर्किट लागेको छ ।












