पेशागत बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन (फोटोफिचर)

दिपक विष्ट
२७ चैत्र २०८२, शुक्रबार १५:४०

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रूपमा सुरू भएको छ । ‘अभिकर्ताहरूको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनमा देशभर छरिएर रहेका बीमा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको थियो । उनले बीमा क्षेत्रको विस्तारमा अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पेशागत दक्षता र अनुशासनलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार तथा रिलायबल नेपाल लाइफका डेपुटी सीईओ दिपेशबाबु तिवारी लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*