रिलायवल नेपाल लाइफको धनगढी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले एक बीमितको निधनपछि परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले अजयमेरु गाउँपालिका–०२ निवासी स्वर्गीय मुकुन्द राज जोशीकी आमा कलावती देवी जोशीको परिवारलाई १० लाख ६ हजार ३२७ रुपैयाँ बराबरको दाबी रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, धनगढी शाखा प्रमुख बिक्रम सिंह बोगटी तथा सिनियर एजेन्सी म्यानेजर थानेश्वर प्रसाद भट्टको उपस्थितिमा मृतकको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
कम्पनीका प्रतिनिधिहरूले यस्तो कठिन परिस्थितिमा बीमा सेवाले परिवारलाई आर्थिक सहारा दिने भएकाले जीवन बीमाको महत्व अझ बढ्दै गएको धारणा राखेका छन् । विशेषगरी आकस्मिक घटनामा परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न बीमा अपरिहार्य माध्यम बनेको उनीहरूको भनाइ छ । पछिल्लो समय बीमा सचेतना बढ्दै जाँदा दाबी भुक्तानी प्रक्रियामा पनि सुधार हुँदै गएको कम्पनीले जनाएको छ ।











