उपसभामुखमा सरस्वती लामाले पाइन् ५ मत

२७ चैत्र २०८२, शुक्रबार १८:३१

काठमाडौँ । राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । उनको पक्षमा ५ मत मात्रै परेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

लामालाई राप्रपाबाहेकका दलका सांसदले मत दिएनन् । शुक्रबारको बैठकमा २ सय ५७ सांसद उपस्थित छन् ।

लामाको विपक्षमा २१५ मत खस्यो भने तटस्थमा ३७ मत परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*