उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
२७ चैत्र २०८२, शुक्रबार १८:५६

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी उपसभामुख चयन भएकी हुन् ।
आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उनले जम्मा ५ मत पाएकी थिइन्











